
चर्चित लोक तथा देउडा गायक सूर्यबिरही साउँदको प्राकृतिक विपतबाट हुने धनजनको क्षतिमा आधारित कारुणिक गित “बर्खा” सार्वजनिक भएको छ । सूर्यबिरही साउँद र गौरी भट्टको स्वर रहेको गित शनिवार दिउसो ३ बजे सार्बजनिक भएको हो ।
गितको एरेन्ज चर्चित संगितकार बिनोद बाजुरालीले गरेका हुन् । गितको शब्द योगेश बुढा र गायक साउँदकै रहेको छ । गायक साउँद र हेमानी ढुंगेलको अभिनय रहेको भिडियोको निर्देशन भिम थापाले र छायाकंन हरिश महराले गरेका हुन् ।
यो गितको बजार ब्यवस्थापन बसिबियालो म्यूजिक प्रा.लि.काठमाडौंले गरेको छ । २०५० असोज ८ गते आएको बाढी र पहिरोले गरेको धनजनको क्षतीलाई आधार बनाएर गित निर्माण गरिएको गायक सूर्यबिरही साउँदले बताए ।
भिडियो तलको लिंकमा हेर्नुहोस
Leave a Reply