पुस्तकालय स्थापना भएपछि बिद्यार्थीहरु लाभान्वित

शंकर थापा डोटी,असार २०

मष्टामाण्डौं माबि पोखरीमा कक्षा १० मा अध्ययनरत झंकर नेपाली आफ्ना साथी संगीसंगै समय भन्दा १ घण्टा अघि बिद्यालय पुग्ने गर्दछन र  ढिलो गरि घर फर्किन्छन ।  उनिहरुको बिद्यालय समय भन्दा अघि बिद्यालय पुग्नुको उद्देश्य अरु कुनै नभएर बिद्यालयमा स्थापना भएको पुस्तकालयमा नयाँ नयाँ पुस्तक तथा पत्रपत्रिका अध्ययन गर्नु हो ।

जिल्लाको दुरदराजमा रहेको पोखरीमा अध्ययन गर्नको लागि कुनै नयाँ पाठ्य सामग्री तथा पत्रपत्रिका पनि पाईदैन थियो । तर अहिले मष्टामाण्डौं माबिले बिद्यालय हाता भित्र पुस्तकालय स्थापना गरेपछि  बिद्यार्थीहरुले बिभिन्न बिषयका पुस्तक अध्ययन गर्न पाएकाले निकै फाईदा पुगेको बिद्यार्थी झंकर नेपाली आफ्नो अनुभव सुनाए ।

कक्षामा खाली समयमा घुमफिर तथा खेल्नमा बिताउने बिद्यार्थीहरु खाली समय अचेल पुस्तकालयमा बिताउने गर्दछन । पुस्तकालय स्थापना भएपछि बिद्यार्थीहरुको दिनचर्यामा परिबर्तन भएको छ । पुस्तकालय कोठा दैनिक भरिभराउ हुन्छ, मष्टामाण्र्डां माबिका प्रधानाध्यापक कर्णबहादुर भण्डारी बताउनु हुन्छ । उनका अनुसार पुस्तकालय स्थापना भएपछि बिद्यार्थीहरुको सिकाई उपलब्धीमा सुधार, अध्ययन गर्ने बानीको बिकास हुनुका साथै बाह्य ज्ञानमा बृद्धि भएको पाईएको छ ।
पुस्तकालय कोठामा एक पटकमा करिब ५० जना बिद्यार्थीहरुलाई पुस्तक पढ्न मिल्ने गरि कोठा र फर्निचरको पर्याप्त ब्यवस्था गरेको छ । दुरदराजका बिधार्थीहरुलाई घरैमा अध्ययन गर्ने ब्यवस्था मिलाएको बिद्यालयले जनाएको  छ ।
पोखरीको मष्टामाण्डौं माबिमा मात्र नभएर लडागडाको सुनादेबी माबिमा पनि बिद्यार्थीहरुलाई लक्षित गरि पुस्तकालय स्थापना गरिएको छ ।

दुबै बिद्यालयमा स्थापना गरिएको  पुस्तकालयका लागि आबश्यक पुस्तक तथा फर्निचर खरिद गर्न जिल्ला शिक्षा कार्यालय डोटी तथा गुड नेवर्स ईन्टरनेशनल र सामुदायिक बिकास केन्द्र डोटीले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
हाल दुबै बिद्यालयका पुस्तकालयमा करिब ५ हजार ५ सय पुस्तक तथा पत्रपत्रिकाहरु, आबश्यक फर्निचर र शैक्षिक सामग्रीहरु रहेका छन । पुस्तकालय ब्यवस्थापन गर्न दुबै बिद्यालयले १ जना छुट्टै शिक्षिकको ब्यवस्था गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *