
समाज विकासका लागि कानून र संचार एकै साथ नामक गैरसरकारी संस्थाले आज धनगढी शिवनगरस्थित श्री पार्वती प्राथमिक बिद्यालयमा छाता बितरण गरेको छ । सो बिद्यालयका कक्षा २,३ र ४ मा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थिलाई छाता बितरण गरिएको हो ।
धनगढीमा अत्यधिक गर्मि बढेपछि बिद्यार्थीहरुलाई बिद्यालयमा आउन सहज होस भन्ने उदेशयले छाता बितरण गरिएको संस्थाका कैलाली अध्यक्ष उषाकिरण ज्योतीले बताईन् । भिम बहादुर साउँद लगायतका ब्यक्तिहरुको सहयोगमा छाता बितरण गरिएको अध्यक्ष ज्योतीले बताईन् ।
Leave a Reply