कैलारी गाउँ पालिकाद्धारा दलित महिला अधिकार मञ्च सम्मानित

धनगढी, असार २६

२०७५/०७६ को दोस्रो गाँउ सभा अबिधेशनको नीति, बजेट कार्यक्रम तथा सार्वजनिकीकरण समारोहमा दलित महिला अधिकार मञ्च नेपाल सम्मानित भएको छ ।

कैलारी गाउँपालिकाद्धारा सोमबार आयोजत गाउँ परिषदले सम्मान गरेको हो । मञ्चले दलित वर्गको उत्थानको निम्ति समाज सेवा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए बाफत सम्मानित भएको हो ।

त्यसैगरि मिडिया मार्फत थारु भाषा कला संस्कृतिको संरक्षण तथा प्रर्बद्धन गरे बाफत पहुरा थारु दैनिक पनि सम्मानित भएको छ । गाउँ पालिकाले एक वर्षको अवधिमा कृषि क्षेत्र अन्तर्गत धान पकेट क्षेत्रमा उत्कृष्ट हुन सफल दहित कृषि समुह लाई नगद ४० हजार सहित सम्मान गरिएको छ ।

त्यसै गरि शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै नाष्ट केलेजलाई पनि सम्मान गरिएको थियो । साथै उत्कृष्ट विद्यार्थी, कृषक, कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *