थारु भाषाको पहिलो तीज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं साउन ३१

विगत लामो समयदेखि कलारिता क्षेत्रमा आवद्ध व्यवसायी तथा समाजसेवी दिपक चौधरीेको निर्देशनमा गोविन्द श्रेष्ठको सहयोगले निर्माण भएको पहिलो ऐतिहासिक थारु तीज गीत सार्वजनिक भएको छ ।

चम्पन सांस्कृतिक समूहको महासचिव दिपक चौधरीले नेपाली थारु चलचचित्रमा काम गर्ने लगायत महोत्सव स्टेजजस्ता विभिन्न सांस्कृतिक कार्यक्रममा जिम्मेवार संयोजकको भुमिकासमेत निर्वाह गर्दै आएका छन् । उनी २०७४ सालको स्थानीय चुनावमा टीकापुर वार्ड नं २ बाट फोरम लोकतान्त्रिक नेपाल पार्टीको तर्फबाट वार्ड अध्यक्ष पदका उम्मेद्वारी समेत दिएका थिए ।

संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्रीका स्वकिय सचिवका रुपमा रही कार्य गरेका उनी नेपालको राजनितिमा जुझारु थारु आगुवा समेत मानिन्छन् । उनले चम्पन सांस्कृतिक समूहबाट थुप्रै कलाकारहरु जन्माएका छन् ।

संस्थापक महासचिव रहेका उनकै पहलमा संस्थाको स्थापना भएको थियो । हालसम्म उनले नृत्य निर्देशन गरेका सुपरहित गीतहरुः

टिकापुर बजारमे देख्नु तुहिन, साली ऐई साली, तुहार मिनि स्कटके छाल मजा बा, थुन्यार थुन्यार, मरना त मरनु मै बराबरा मुर्गालगायत थुप्रै गीत तथा म्युजिक भिडियोको निर्देशन गरेका छन् । लामो समयपछि पुनः सांगितिक क्षेत्रमा सक्रिय भएका दिपकको निर्देशनमा तयार परिएको पहिलो थारु तीज गीत बजारमा सार्वजानिक भएको छ ।

दिवाइन फिल्म्सको प्रोडक्सनमा गीत तथा भिडियो युट्युबमार्फट हालै सार्वजनिक भएकोे हो । नरेश जोगीको आफ्नै मोडलिङ्ग, स्वर, शब्द, संगीत र अनु चौधरीको साथ रहेको छ ।  त्यसैगरी गीतमा एरेन्ज केशब बडू, क्यामेरामा रामकृष्ण चौलागाईँ र करण चापागाईँको सम्पादन रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *