धुम मच्चाउँदै चर्चित गायक झलक पाली (भिडियोसहित)

काठमाण्डौ भदौ ११

लामो समयदेखि पत्रकारितामा क्रियाशिल चर्चित गायक झलक पाली पछिल्लो समय गायन क्षेत्रमा पनि जम्दै आएका छन् । छोटो समयमै सांगितिक क्षेत्रमा चर्चामा आएका गायक पालीले यसपाली भने आफनो सांगितिक कोसेली मार्फत धुम मच्चाउने भएका छन् ।

‘क्या मान्नी है सौंराई’ बोलको डेउडा गीतबाट गायन यात्रा शुरु गरेका पालीको ‘धुम मच्चाउँछु……’ बोलको डिजे प्याटर्नको लोक पप गीत रक्षावन्धनको अवसर पारी आईतबार सार्वजनिक भएको छ ।

गीत शब्द, सँगीत, स्वर र र्याप स्वयं गायक पालीकै रहेको छ । आफ्नै व्यक्तिगत विशेषताहरु समेटिएको गीतमा चर्चित मोडल चक्र बम र करिश्मा ढकालको अभिनय रहेको छ ।काठमाण्डौंको टोखा भूतखेल र बसुन्धरामा रहेको मेघा पार्टी प्यालेस क्षेत्रमा सुटिङ्ग भएको गायक पालीले जानकारी दिए ।

उक्त गीतको एरेञ्ज केशव बडुले गरेका हुन् भने सुरताल डिजिटल रेकर्डिङ्ग स्टुडियो डिल्लीबजार काठमाण्डौमा गीतको रेकर्ड गरिएको हो । उक्त गीत गायक तथा मोडल चक्र बमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सानैदेखि गीत सँगीतमा औधी रुचि राख्ने पालीले डेउडा, लोक गीत, पप गीत र विभिन्न सचेतनामूलक गीतहरु बजारमा ल्याईसकेका छन् ।

पत्रकारिता पेशामा पनि स्थापित पाली पछिल्लो समय बिभिन्न प्रदेश नं.७ का बिभिन्न जिल्लाहरुमा हुने मेला महोत्सबमा समेत ब्यस्त हुन थालेका छन् । उनको डोटी जिल्लाका बिभिन्न ठाउहरुमा हुने सांगितिक कार्यक्रमहरुमा समेत प्रस्तुती हुने गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *