दुई महिनामा १० करोड राजश्व संकलन

धनगढी असोज २२

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक बर्षका दुई महिनामा झण्डै १० करोड रकम राजश्व संकलन गरेको छ । आर्इतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले दुई महिनामा ९ करोड ७७ लाख ६५ हजार १ रुपैया राजश्व संकलन गरेको जनाएका हुन् ।

मन्त्री वोहराले दुई महिनामा ७ दशमलव ५४ प्रतिशत राजश्व संकलन गरेको बताए । ‘हामीले २५ अर्व ६ करोड ५६ लाख १४ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेका थियौं’ मन्त्री वोहराले भने ‘दुई महिनामा झण्डै १० करोड राजश्व संकलन गर्न सफल भयौं ।’ प्रदेश सरकारले उठाउनु पर्ने १ अर्व २९ करोड ६५ लाख ८२ हजार रुपैयामध्ये करिब १२ प्रतिशत राजश्व संकलन भएको मन्त्री वोहराले दावी गरेका छन् ।

प्रदेश सातमा घरजग्गा दर्ता कर वाफत ५ करोड ४ लाख, सवारी साधन कर वाफत ४ करोड २५ लाख र दण्ड जरिवाना तथा जफत कर वाफत ४७ लाख ७६ हजार रुपैयाँ संकलन गरिएको छ ।उनले भने ‘यो रकम कुल संकलित करमध्ये प्रदेश सरकारको भागमा परेको ६० प्रतिशतको तथ्यांक हो ।’

कर संकलनमा कैलालीको एउटै जिल्ला सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लाको हाराहारीमा रहेको मन्त्री वोहराले बताए । ‘कैलालीको धनगढी मालपोत कार्यालयले अन्य ११ वटा मालपोत कार्यालय भन्दा बढि राजश्व संकलन गरिरहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *