एकिकृत फोहर मैला ब्यबस्थापनको काम सुरु

धनगढी, कार्तिक १३

धनगढी उपमहानगरपालीकामानिर्माण हुने एकिकृत फोहर मैला ब्यबस्थापन केन्द्र निर्माणका लागि छलफल थालिएको छ ।
उपमहानगरपालीकाले देशकै ठूलो र ब्यबस्थीतएकिकृत फोहरमैलाब्यबस्थापन केन्द्र वडा नं २ स्थीतमोहनानदी संगै जोडिएको जग्गामानिर्माण गर्ने तयारी थालेको छ । यसकालागिसम्पूर्ण अध्ययनतथाप्रारुपतयार पारी सकेकाले निर्माणका लागिवातावरण बनाउन स्थानीय सरोकारवालाहरु संग छलफल सुरु गरेको धनगढी उपमहानगरपालीकाकाप्रमुख नृपबहादुर वडले बताए । उनले भने, यो आयोजना देशकै सबैभन्दा ठूलो हो । यसमाएकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणका साथै बायो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ ।

एसियालीविकास बैंकको अनुदान सहित ६५ करोड ऋण सहयोगमाएकिकृत फोहर मैलाब्यबस्थापन केन्द्र निर्माण हुनथालेको धनगढी उपमहानगरपालीकाकाबतावरण अधिकृत अशोक अवस्थीले बताए । त्यसै गरी सोहीआयोजनाअन्तरगत २० करोडको लगानीमावायो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ । आयोजनाले २९ हेक्टर क्षेत्रफलओगट्ने भएको छ भने २२ हेक्टरमा संरचनाहरु निर्माण हुने छन् ।

आयोजनानिर्माण भएपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २ सय जनाले रोजगारी पाउने पनिवातावरण अधिकृत अवस्थीले बताए । यो ठूलो योजनाहो धनगढी उपमहानगरपालीकाका डिभिजन इन्जीनियर डिजराज भट्टले भने,यसकाबारेमा स्थानीयहरु संग छलफल सुरु गरेका छौं । आयोजनानिर्माण भएपछि मोहनानदिमा तटवन्ध हुने र त्यसले कटान रोकिने, आयोजनानिर्माण क्षेत्रमा सडक तथापुल समेत निर्माण हुने इन्जीनियर भट्टले बताए ।

आयोजना ५ बर्ष भित्रै निर्माण सम्पन्नहुने भएको छ । दुई बर्ष सम्मअध्ययनतथा स्टीमेट बनाउनमाखर्चिएको भएपनिअवभौतिक संरचनानिर्माणका लागिटेन्टर प्रकृयामा लैजाने अन्तिमतयारी भैरहेको बताईएको छ । धनगढी उपमहानगरपालीकाकाअनुसार बायोग्याँस प्लान्ट निर्माणमा लागि देव ट्रेनिंग एण्ड मेनेजमेन्ट सर्भिस सेन्टर संग शोमबार मात्रै सम्झौता भैसकेको छ ।

सम्झौतामा धनगढी उपमहानगरपालीकाकाप्रमुख नृपबहादुर वड, बैकल्पीकउर्जा प्रवद्र्धन केन्द्रकाप्रतिनिधीदिपकपौडेल र देव ट्रेनिंग एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरकाप्रतिनिधीरविनकान्तपन्तले हस्ताक्षर गरेका छन् । सम्झौता पछि प्रतिकृया दिदै देव ट्रेनिंग एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरकाप्रोप्राईटर रबिनकान्तपन्तले यो आयोजनाले नगरबाट निस्केको सडेर जाने फोहरबाट ग्याँस र मलउत्पादनगर्ने बताए । उनले भने, आयोजना सफलहुनेमाआशावादी छौं ।

धनगढी उपमहानगरपालीकाका २ किमहिला स्वास्थ्य स्वयं सेविकाकमलश्रेष्ठले आयोजना चाँडो निर्माण भएत्यसले स्थानीयलाई राहतपुग्ने बताईन । उनले भनिन् स्थानीयमाआयोजनाकाबारेमागलतभ्रम फैलाईएको रहेछ यसकाबारेमाबुझाउनु आवश्यक छ । स्थानीयकलु कोलीले आफुले आयोजनाकाबारेमा प्रष्ट बुझ्न पाएको बताईन । उनले भनिन् धरै राम्रो रहेछ । आयोजनाकाबारेमा स्थानीय स्तरमा छलफल गर्ने काम सम्वाद समितिले गरिरहेको छ । त्यसैगरी स्थानीय संघर्ष समिति र जनप्रतिनिधीहरु बिचपनि पटक पटक संवाद भैरहेको छ । पश्चिमटुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *