धनगढीमा टोयोटाको सोरुम

धनगढी कार्तिक १३

टोयोटा गाडीको नेपालका लागि अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (युटिएस)ले सुदूरपश्चि प्रदेशको धनगढीस्थित वसन्त क्लासिक अटोमोबाइल्सलाई औपचारिक रूपमा टोयोटाको ३ एस सेवा दिने गरी विक्रेता नियुक्त गरेको छ । टोयोटाद्वारा उत्पादित गाडी अब धनगढीमा पनि सहज रूपमा उपलब्ध गराउने उद्देश्यले वसन्त क्लासिक अटोमोबाइल्सले सोरुम सञ्चालनमा ल्याएको हो ।

उक्त सोरुमको आइतबार युटिएसका वरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी, वसन्त क्लासिकका भुवन भट्ट, वसन्त भट्ट र देवीदत्त भट्टले उद्घाटन गरेका थिए । १ सय ५० भन्दा बढी ग्राहकको सहभागिता रहेको उद्घाटन कार्यक्रममा कैलाश राजभण्डारीले सोरुमले दिने सुविधाको जानकारी दिँदै ग्राहकलाई चाबी सुम्पिएको कम्पनीले जनाएको छ । वसन्त क्लासिक अटोमोबाइल्सले सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशका विक्रेताहरूले झैँ गुणस्तर एवं सहज ढंगमा सेवा दिनेमा विश्वस्त रहेको युटिएसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *