खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्छ : सभामुख महारा (फोटो फिचर)

धनगढी,चैत्र १

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महाराले खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्य मन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन कार्याक्रममा सभामुख महराले खेलकुदलाई मनोञ्जनको साधनको रूपमा मात्रै लिन नहुने बताएका हुन् ।

शुक्रबार उनले पछिल्लो समयमा खेलकुद स्वास्थ्य र शिक्षासँग पनि सम्बन्धित रहेको बताए । उनले संघीयाता कार्यान्यनमा उपलब्धि प्राप्त गरेको समेत बताएका छन् । उनले संघीयता कार्यान्यनमा बाधा पुगाउने १ सय ६५ कानुन परिमार्जन गरिएको बताए । सभामुख महराले संघीयता कार्यान्यन भएपनि कार्य गर्न भने अझै बाँकी रहेको समेत बताए ।


उनले केन्द्रले केहि नीतिगत कामहरू गर्नमा ढिलाई गर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने समेत बताए ।

सभामुख महराले संविधना विरोधी र संघीयता असफल पार्ने कार्यहरूलाई सरकारले निस्क्रिय पार्ने समेत बताए । संघीयता कुनै विदेशी नभई नेपाली मौलिकतामा हुनु पर्नेमा उनले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताए । कानुनहरू निर्माणमा ढिलाई हँदा विभिन्न कार्यहरू गर्न प्रदेश सरकारलाई कठिनाई भएको समेत बताए ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार शुरुवाती चरणमा रहेकाले प्रदेशमा कार्य गर्न धेरै बाँकी रहेको बताए । ऐन कानुन निर्माणमा भएको ढिलाईले गर्दा प्रदेश सरकारले चाहेर पनि विकास निर्माण कार्यहरू गर्न नसकिरहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दलबहादुर रावल, प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले खेलले अनुशासित क्षमता बृद्धि गर्ने बताए ।

प्रतियोगिता उद्घाटन कार्यक्रम शुरु हुनु भन्दा पहिले शुक्रबार बिहान धनगढीको ट्राफिक चौराहदेखि धनगढी रंगशालासम्म सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने झाँकी सहित प्रभातफेरि आयोजना गरिएको थियो । फागुन २९ गतेबाट शुरु भएको प्रतियोगिता चैत्र ३ गते समापन हुने छन् ।

७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सय जनाको सहभागिता छ । प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टका खेल महिला र पुरुष दुबैको भइरहेको छ भने फुटबल खेल पुरुषको मात्रै भइरहेको छ । अनुमोदनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *