सांसद चौधरी र नायिका मान्नधरको एसईई परीक्षाको पहिलो दिन कस्तो भयो ?

काठमाडौं चैत्र १०

यसबर्षको माध्यमिक शिक्षा (एसईई) को परीक्षा आइतबारबाट देशभर सुरू भएको छ । परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । त्यसमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार आइतबार सुरु भएको परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।
परक्षिाका लागि देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ । सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छ वटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ ।

संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र छ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन गरिएको छ। तीमध्ये सुरक्षाकर्मीमात्रै २९ हजार ५३५ जना छन् ।

परीक्षामा सांसद देखी सेलीब्रेटीसम्म सहभागी

यस बर्षको एसईई परीक्षामा सांसददेखि चर्चित सेलीब्रेटीसम्म सहभागी भएकाले अन्य बर्षको तुलनमा अलिबढि चर्चापरिचर्चा भइरहेको छ ।

परीक्षामा सांसद शान्ता चौधरी र नायिका करिस्मा मान्नधर पनि हसभागी भएकाले बढि चर्चापरिचर्चा भइरहेको हो ।
आज पहिलो दिनको परीक्षा राम्रै गएको उनिहरुको भनाई छ ।

यसबर्षमा राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीको सचेतक शान्ता चौधरीले खुल्ला शिक्षा अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा खुल्लातर्फबाट एसइई परीक्षा दिएकी हुन ।
पढाई गर्ने बेलामा आफुले त्यो अवसर नपाएको बताउँदै पुर्ब कमलहरी समेत रहेकी सांसद चौधरीले बुढेसकालमा भएपनि पढाईमा पिएचडी गर्ने बताएकी छन ।

त्यसैगरी चर्चित कलाकार करिस्मा मान्नधरले पनि एसईई परीक्षामा सहभागी भएकी छन् । चलचित्र क्षेत्रमा निकै चर्चित कलाकार मान्नधरको पनि पढाई अधुरै रहेकाले फेरि पनि पढाईलाई निरन्तरता दिएको बताएकी छन ।

पढ्नका लागि उमेरले नछेक्ने बताउँदै कलाकार मान्नधरको पनि बुढेसकामा भएपनि पढाई पुरै सक्ने योजना बनाएकी छन । उनि विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । करिस्मा त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् । करिस्मा पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा समेत होमिएकी छन्।

अनमोलपोष्टबाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *