
दलित महिलाहरुको सिप तथा क्षमता विकास गरि आय आर्जन गराउने उद्देश्यले धरानमा क्रिष्टलको माला बनाउने तालिम गरिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर १६ कार्यलयले ५ दिने क्रिष्टलको माला डिजाइनिङ बनाउने तालिम दिएको हो ।
उत्पीडित महिला सशक्तिकरण अभियानको आयोजना तथा उपमहानगरपालिका वडा नम्बर १६, को आर्थिक सहयोगमा सम्पन्न तालिममा ३० जना महिला सहभागी थिए ।
महिलाहरुको सिप बढाउन गरिएको तालिमले उनीहरुलाई आत्मनिर्भर बनाउने आशा लिएको १६ नम्बर वडाका कार्यवाहक अध्यक्ष सुरेश श्रेष्ठले बताए ।
पाँच दिने तालिमको प्रशिक्षक रञ्जना तुलाधर थिइन् । उनले तालिममा महिलाले लगाउने माला, औठी, टप, चुरा लगायतका सामग्री बनाउन सिकाएको बताइन् । महिलाखबरबाट
Leave a Reply