छुवाछूतविरुद्ध महाकाली-मेची पदयात्रा टोली चिसापानीमा

धनगढी,चैत्र ११

व्यवहारमै जातीय भेदभाव तथा छुवाछूत अन्त्य माग गर्दै महाकाली-मेची पदयात्रामा निस्किएको टोली कैलालीको लम्कीचुहा नगरपालिका आइपुगेको छ।

चैत ३ गते कञ्चनपुरको महाकाली नगरपालिकाको दोधारा चाँदनीबाट सुरु पदयात्रा टोली आठौं दिन आज ९सोमबार० कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानी आइपुगेको हो।

अहिलेसम्म एक दर्जनभन्दा बस्तीका ६ हजारभन्दा बढी दलित–गैरदलितसँग छुवाछूत हटाउने विषयमा संवाद गरिएको टोलीका एक सदस्य अशोक दर्नालले जानकारी दिए। चिसापानीसम्म आइपुग्दा टोलीले डेढ सयभन्दा बढी दूरी पैदल पार गरिसकेको उनले बताए।

पदयात्राका क्रममा स्थानीय बासिन्दा, स्थानीय तह तथा प्रहरी प्रशासनबाट राम्रो सहयोग पाइरहेको पदयात्रा टोलीले जनाएको छ। कानुनबाट छुवाछूत हटेको आधा शताब्दीभन्दा बढी भइसक्दा पनि व्यवहारमा अझै अन्त्य हुन सकेको छैन।

यसैकारण यो व्यवहारमै अन्त्य हुनुपर्ने माग गर्दै होमराज आर्चाय, रीता परियार र अशोक दर्नालले महाकाली–मेची पदयात्रा थालेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *