धनगढी बन्यो सूटगढी

धनगढी,चैत्र ११

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी अहिले सूटगढीको रुपमा विकास हुदै गएको छ । बझांगका हिक्मत दर्जीले बिगत सात बर्षदेखी धनगढीको मुटु मानिने एलएनचोकमा सूटगढी नामको तयारी सूट सोरुम संचालनमा ल्याएका हुन् । उहाको सोरुममा कोर्ट,पाईन्ट,सर्ट,स्टकोट,मोदीकोट र नेपाली दौरासुरुवाल पाउने गर्दछ ।

नेपाली र ईन्डियन कारिगरद्धारा तयार पारिएको बिभिन्न डिजाइनका सूटहरु सस्तो मूल्यदेखी मंहगो मूल्यसम्मका पाउने मोडर्न तयारी पोसाकका संचालक हिक्मत दर्जीले बताए । उहाको कारखानामा दर्जन बढी कारिगर कार्यरत छन् ।

धनगढीमा ब्यवसायिक रुपमा सोरुम संचालन गर्ने दर्जी पहिलो हुन् । मोडर्न तयारी पोशाकको महेन्द्रनगरमा पनि शाखा रहेको छ । भने हालै काठमाडौंको पुतली सडकमा सुटमाण्डु नामले संचालनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *