बैतडीका किसान आधुनिक कृषी खेती तर्फ आकर्षित

कृष्ण बिष्ट बैतडी चैत्र २७

बैतडीका किसानहरु आधुनिक कृषी औजार तर्फ आकर्षित भएका छन । ब्यावसायिक रुपमा कृषी खेतीका लागि काम गर्न सहज हुन थालेपछि किसानहरु आधुनिक कृषी औजार तर्फ आकर्षित भएका हुन् ।

अहिले जिल्लाका ग्रामिण भेगका किसानहरु कृषी समुह मार्फत सामुहिक रुपमा हाते ट्याक्टर लगायतका आधुनिक कृषी औजारहरु खरीद गरी काम गरीरहेका छन । खनजोत गर्न प्रयोग गरिने हाते ट्याक्टर, हजारी, दाते लगायतकाका आधुनिक औजारहरु यहाँका किसानहरु प्रयोग गर्दै आएका छन् ।

साविकको कृषी विकास कार्यालयको पचास प्रतिशत अनुदानमा हाते ट्याक्टर खरीद गरी प्रयोग गरीदै आएको पाटन नगरपालिका ८ खोडपे स्थित शिद्ध सिगास कृषक समुहका अध्यक्ष नर बहादुर बिष्टले बताए । कृषी औजारहरुले छिटो छरितो काम हुदै आएकाले सहज हुने गरेको उनले बताए ।

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना तरकारी ब्लकमा हाते ट्याक्टर, पोली हाउस लगायतका समाग्रीहरु पनि बितरण गरीएको परियोजना संयोजक पदमराज भट्टले जानकारी दिए । जिल्लाको तरकारी ब्लक क्षेत्र पाटन नगरपालिका वडा नं.८,९, १०, प्रत्येक वडाका तरकारी समुहलाई दुइदुइ वटा हाते ट्याक्टर लगायत अन्य औजारहरु बितरण गरीएको उनले बताए ।

जिल्लाका अन्य स्थानिय तहहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको उनको भनाइ छ । पछिल्लो समयमा स्थानिय तहहरुले पनि कृषीका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेपछि आधुनिक औजार बितरण कार्यक्रम पनि सञ्चालन गरेका छन ।

कृष्ण बिष्ट बैतडीका सक्रिय पत्रकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *