बिशु पर्वमा सिस्नु लगाउनै पर्ने !

कृष्ण बिष्ट बैतडी बैशाख १

आज नयाँ वर्षको पहिलो दिन बैतडीलगायत सुदूरपश्चिममा विसु पर्व धुमधाम संग मनाइएको छ  साथिभाइ इष्टमित्र लगायत आफन्तसँग एकआपसमा खुसीयालि साटासाट गरेर नयाँ वर्षको पहिलो दिन बिसु पर्व धुमधामका साथ मनाइएको हो । विशु पर्व विशेषगरी सुदुरपश्चिमका सबै जिल्लामा मनाउने गरिन्छ ।

देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर विशु पर्व मनाइन्छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छाला सम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।

देवर र नन्द नाता नपर्ने वा भाउजू तथा भिनाजु नाता नपर्नेले बिसु पर्व अर्थात आजको दिनमा आफैले भए पनि शरिरमा सिस्नो लगाउनु पर्ने परम्परा अनुसार आज विशु पर्वमनाइएको सस्कृतीका जानकार लबदेब भट्टले बताए ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरूप पौराणिककालदेखिनै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पुरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । आज विशु पर्वको दिन मिठामिठा खानाका परीकार बनाइ विशेष गरेर सिस्नु लगाएर विशु मनाएको स्थानिय राजमति भट्टले बताए ।

तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको पाटनका स्थानिय सिद्धराज भट्टले बताए ।

सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु विशेष पहाडी जिल्लामा बढी मनाइने पछिल्लोसमय पहाडबाट बसाइँ सर्नेक्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्वको रौनकता मौलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *