शुक्लाफाँटामा बाह्रसिंगा र नीलगाईको गणना

कञ्चनपुर, बैशाख ४

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगा र नीलगाईको गणना सुरु भएको छ । २४ औं वन्यजन्तु सप्ताहको सुरुवातसँगै आइतबार बाह्रसिंगा र नीलगाईको गणना थालिएको हो । बाह्रसिंगा र नीलगाई बाघका मुख्य आहारा हुन ।

खटिएका निकुञ्जका रेञ्जर यमबहादुर रावतले ५ गतेसम्ममा बाह्रसिंगा र नीलगाईको गणना सकिने बताए । ‘हेड काउन्टिङ’ पद्धतिबाट निकुञ्जमा डेढ दशकदेखि बाह्रसिंगाको गणना गरिंदै आएको छ ।

२०१३ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा बाह्रसिंगाको संख्या २ हजार ३ सय १ छ । त्यसपछि हरेक वर्ष वन्यजन्तु सप्ताहकै अवसरमा अनुगमन गरिए पनि गणना भएको थिएन । निकुञ्ज कार्यालयसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रम र जेडएसएलको प्राविधिक सहयोगमा बाह्रसिंगा र नीलगाईको गणना भइरहेको हो । सुदूरडेलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *