बिहे गर्न उमेर नपुगेका किसोरीको घरमा हरीयो झण्डा

कृष्ण बिष्ट,बैतडी जेठ २

बैतडीको पुर्चाैडी नगरपालिका ४ कि अनिता धानुकको घरमा नगरपालिकाले हरियो झन्डा गाडेको छ । “बाल बिवाह गर्नु अपराध हो, बिहेवारी २० वर्ष पारी, सानै उमेरमा बिहे गरे बिग्रन्छ घरबारी” नामाकरण गरी उनको घरमा हरियो झन्डा गाडीएको हो । यसको संकेत बिहे गर्न उनको घरमा उमेर पुगेको छैन भन्ने संकेत हो ।

“बिहे गर्न उमेर नपुगेको हुनाले आफ्नो घरमा नगरपालिकाले हरियो झण्डा गाडेको हो, उनले भनिन, २० वर्ष मुनिको किसोरीको घरमा यसै गरी नगरपालिकाले हरियो झण्डा गाडेको छ । हरियो झण्डा गाडीएको घरमा बिहे गर्नको लागि किसोरीको उमेर पुगेको छैन भन्ने संकेत रहेको उनले बताइन ।

नगरपालिकाले बाल बिवाह न्युनिकरणको अभियान सञ्चालन गरेको छ । प्रत्येक वडाहरुमा किसोरिबृत गठन गरी बिभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरेकोले किसोरीहरु पनि बाल बिवाह गर्न नहुनेमा सचेत भएका छन ।
नगरपालिकाले बाल बिवाह न्युनीकरणको लागि चालेका अभियान राम्रो रहेको किसोरीहरुले बताएका छन ।

यस कार्यक्रमले बालबिवाह न्युनिरकणमा सकारात्मक भुमिका खेल्ने अर्की किसोरी लक्ष्मी भण्डारीले बताइन । उनले भनिन् “यस कार्यक्रममा म पनि सहभागी भएकी छु, स्वयं म पनि बाल बिवाह गर्दिन, अरु साथीहरुलाई पनि बाल बिवाह गर्नु हुन्न भनी बिभिन्न सचेतनाका कार्यक्रममा सहभागि हुने गरेकि छु”। उनले बताइन ।

नगरपालिकाले सेवा क्षेत्रभित्रका एक हजार घरहरुमा हरियो झण्डा गाडेको छ । हरियो झण्डा गाडीएको घरमा १६ देखि २० वर्ष उमेर समुहका किसोरीहरु भएकाले सो घरमा बिहे गर्न उमेर पुगेको छैन भनि बुझ्नु पर्ने किसोरीबृतमा आबद्ध जयन्ती अवस्थीले बताइन । उनले भनिन “नगरपालिकाले बाल बिवाह न्युनिकरणको अभियान सह्रानिय छ, बालबिवाह न्युनिकरणमा नगरपालिकाले चालेको अभियानमा सम्बद्ध सबै निकाय र आम अभिभावकहरुले साथ दिनु पर्ने हुन्छ ।”

अबको अढाइ वर्ष भित्रै पुर्चाैडी नगरपालिकालाई बाल बिवाह मुक्त नगरपालिका बनाउनको लागि अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । किसोरीहरुलाई बिवाह २० वर्ष पुरा भएपछि मात्रै गर्नुपर्छ भन्ने धारणा बसाल्नको लागि प्रत्येक वडाहरुमा वडास्तरीय किसोरीबृत गठन गरी बिभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको उपप्रमुख जानकी बमले जानकारी दिइन ।

ग्रामिण भेगमा किसोरको तुलनामा बाल बिवाह गर्ने किसोरीहरु बढी रहेकाले वडा स्तरीय किसोरीबृत गठन गरी सचेतनाका कार्यक्रमहरु सञ्चालन गरीएको उपप्रमुख बमले बताइन । सचेतनाका कार्यक्रममा उमेर नपुग्दै बिहे गरेमा हुने शैक्षिक, शारिरीक तथा मानसिक समस्याका बारेमा जानकारी गराइन लागेको उपप्रमुख बमले बताइन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *