
कैलालीको घोडाघोडी नगरपालिकाका युवाहरुलाई दुई दिने पैरबी तालिम दिईएको छ । जेठ २१ र २२ गते सम्म सुखडमा पैरबी तालिम संचालन भएको थियो । पलान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र ओरेक नेपालको आयोजनामा पैरबी तालिम दिईएको हो ।
घोडाघोडी नगरपालिका वडा नम्बर १ देखी १२ सम्मका ३५ जना युवाहरुको तालिममा सहभागीता रहेको थियो । परिर्वतनको लागी युवा समुह याक नेपालका कानुनी सल्लाहाकार सर्जु चौधरीले तालिमको सहजिकरण गरेका थिए । युवाहरुलाई पैरबी र नेतृत्व बिकासको बारेमा जानकारी दिने उदेश्यले तालिम दिएको बताईएको छ ।
Leave a Reply