जोगबुढाका महिलालाई हाते कडाई तालिम

डडेल्धुरा,असार २८

डडेल्धुराको भित्री मधेश जोगबुढा क्षेत्रका महिलालाई हाते कडाई तालिम दिईएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र परशुराम नगरपालिकाको आयोजनामा महिलालाई हाते कडाई तालिम दिएको हो ।

भित्रि मधेश क्षेत्रका महिलालाई सीप सिकाई उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि उक्त तालिम लिएको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरले जनाएको छ । सिप विकास तालिम केन्द्रका प्रमुख तर्कराज विष्टले ग्रामीण भेगका महिलाको सीपमा बृद्धि गरि उनीहरुलाई पनि समान्य आयआर्जनका काममा उन्मुख गराउनका लागि तालिम दिएको बताए ।
तीन महिने तालिम दिईएको उनले बताए ।

शुक्रबार एक कार्यक्रमका विच परशुराम नगरका प्रमुख भीम बहादुर साउदले प्रशिक्षार्थीलाई प्रमाण पत्र दिदै तालिम व्यवहारिक रुपमा कार्यान्वयनमा जोडदिए । तालिम लिएका २६ महिलाले तालिम नयाँ सीपयुक्त भएकाले व्यवहारिक कार्यान्वयनमा प्रतिबद्धता जाहेर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *