ढाका कपडा उद्योग सञ्चालन गर्न १० महिलालाई तालीम

बागलुङ,साउन ५

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका महिलाहरुका लागि ढाकाको कपडा बुनाई तालीम दिइएको छ । गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तालीम सञ्चालन गरिएको हो ।

तालीममा गाउँपालिकाका १० वडाबाट एक/एक जना गरी १० जनाको सहभागीता रहेको छ । तालीममा सहभागीहरुले आफूले सिकेको सीपलाई व्यवसायिक रुपमा अगाडी बढाउने बताएका छन् । तालीमपछि गाउँपालिकामा ढाका कपडा उद्योग सञ्चालन गर्ने तयारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *