डल्ले खुर्सानीको व्यवसाय खेती

सर्मिला बुढाथोकी दोलखा,साउन ५

दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका महिला किसानहरू अहिले डल्ले खुर्सानीको व्यवसायिक खेतीमा सक्रिय छन् । यो खेतीबाट वार्षिक एक लाखसम्म आम्दानी हुने भएपछि यो खेतीमा महिला किसानहरूको आकर्षण देखिएको हो ।

दिउँसोको टन्टलापुर घाममा पनि डल्ले खुर्सानी टिप्न तल्लीन दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुको सविता श्रेष्ठ सिजनमा गर्मी छ भनेर अल्छी ग¥यो भने व्यवसाय चल्न नसक्ने बताउछिन् ।

उनको श्रीमान होमबहादुर श्रेष्ठ वडा अध्यक्ष भएकोले घर व्यवहारमा कमै समय दिन सक्छन् । तर पनि सविता श्रेष्ठले पाँच वर्षदेखि डल्ले खुर्सानीको व्यवसाय राम्रैसंग धानेकी छन् । झण्डै साढे दुई रोपनी जग्गामा डल्ले खुर्सानी लगाएको छु, बार्षिक ८०(९० हजार रुपैयासम्म कमाई हुन्छ – सविताले भनिन् ।

डल्ले खुर्सानीबाहेक सिजन अनुसार आलु, लसुन, प्याज, टमाटर, काक्रा आदीको समेत खेती गर्ने सविताले तरकारी खेतीबाटमात्र बार्षिक दुई लाखसम्म कमाई हुने बताईन् ।

डल्ले खुर्सानी र तरकारी खेतीको आम्दानीबाट घर ब्यवहार चलाउन सहज भएको सविता बताउछिन् ।

नमूना उत्कृष्ठ प्रगतिशील कृषि समूह गठन गरी मालुका २१ जना किसनाहरूले अहिले डल्ले खुर्सानीसंगै आलु, लसुन, प्याज, टमाटर जस्ता तरकारीको खेती गर्दै आएका छन् । समूहमा आवद्ध २१ जना मध्य अधिकांश महिला किसान रहेको जनाईएको छ ।

समूहलाई तरकारीको व्यवसायिक खेतीमा प्रोत्साहित गर्न मर्सिकोर मार्फत ग्रामीण उद्यम विकास केन्द्र ९आरईडीसी० दोलखाले टनेल, पाईप, सीप मूलक तालिम र प्राविधिक सहयोग गर्दै आएको ग्रामीण उद्यम विकास केन्द दोलखाका कार्यकारी निर्देशक सुमन उप्रेतीले बताए ।

मालुको उक्त क्षेत्रमा खेतीको लागि पानीको समस्या भएपछि तामाकोसी गाउँपालिका र मर्सिकोरको आर्थिक सहयोगमा ग्रामीण उद्यम विकास केन्द्रले १६ हजार लिटरको ट्याङ्की समेत निर्माण गरिदिएको कार्यकारी निर्देशक उप्रेतीले बताए ।

विगतमा पानीको समस्याको कारण तरकारी खेतीमा केहि समस्या थियो, अहिले ग्रामीण उद्यम विकास केन्द्र ९आरईडीसी० ले ट्याङ्की निर्माणसंगै सीप मूलक तालिम, प्राविधिक सहयोग र टनेल तथा पाईप वितरण गरेपछि निक्कै सहयोग मिलेको उद्यमी सविता श्रेष्ठले बताईन् ।

मालुको २१ जना किसानले अहिले करिब ३५ रोपनी जमिनमा डल्ले खुर्सानी र अन्य तरकारी खेती गर्दै आएका छन् । तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल मालुका किसानहरूले समुह बनाएर उत्साहका साथ डल्ले खुर्सानी लगायत बिभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेकोले गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउछन् ।

अहिले गाउँपालिकाले पानीको समस्या समाधानको लागि पानी ट्याङ्की बनाउन केहि सहयोग गरेको छ अध्यक्ष पोखरेलले भने – किसानको माग अनुसार गाउँपालिकाले सक्ने अन्य सहयोग पनि गर्छ । अहिले तरकारीको लागि बजारको समस्या नभएकोले व्यवसायिक किसानहरूको लागि राम्रो अवसर भएको अध्यक्ष पोखरेल बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *