तालीमले बनायो सफल व्यवसायी

तनहुँ,साउन १०

तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका –३ रामकोटका युवालाई घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा एकीकृत विकास समाज विकास नेपालको आयोजना सञ्चालित तालीम दिएपछि युवाहरु व्यवसायी हुन थालेका छन् ।

सामान्य लेखपढ भएका त्यहाँका युवाहरुलाई ४५ दिने डाला बुन्ने तालीम दिएपछि अहिले त्यहाँका युवाहरुले बुनेका डाला विक्रीसमेत हुन थालेको छ । गरिबी निवारणका लागि उद्यम विकासकार्यक्रम अन्तर्गत डाला बुन्ने तालीम दिइएको हो ।

तालीमपछि डाला बुन्दै एक युवा । तस्बिर रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *