नेपाल युवा उद्यमशील सम्मेलन साउन अन्तिम साता

काठमाडौं,साउन २०

यही साउन २७ र २८ गते काठमाडौंमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा सो सम्मेलन आयोजना गर्न लागिएको हो ।

युवाहरूलाई उद्यमशील बनाउने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना हुने प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवाहरूलाई उद्यमी बन्नका लागि दिशानिर्देश गर्न सो सम्मेलन सफल हुने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा छनोटमा परेका ५ सयभन्दा बढी युवा उद्यमी सहभागी हुनेछन ।

सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने सो सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रिया पनि हुनेछ ।

अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका सफल व्यवसायीले आफ्ना सफलताका कथा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको पनि प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नेपालले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *