देउसीबाट सङ्कलन गरेको रकमवाट सीपमूलक तालिम

इटहरी,भदौ ११

सुनसरीको इटहरी हाँसपोसास्थित आमा समूहले देउसी खेलेर सङ्कलन गरेको रकमवाट महिलालाई आत्मनिर्भर वनाउने तालिम दिएको छ ।

लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिनसम्म देउसी खेलेर जम्मा गरेको एक लाख पैँतालिस हजार रकमबाट तालिम दिइएको आमा समूहकी संस्थापक अध्यक्ष कमला खडकाले बताउनुभयो ।

१९ दिनसम्म गुडिया, क्रिस्टल र फेब्रिक मालासम्बन्धी तालिम लिएका महिलालाई घरमै ती सामानका लागि माग आउन थालेको छ ।

संस्थाको १६ औँ साधारणसभाका अवसरमा तालिम लिएका महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आमा समूहले देउसी खेलेर सङ्कलन गरेको रकमवाट व्यावसायिक तालिम प्रदान गरेकोमा प्रशंसा गर्नुभयो ।उहाँले सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा सक्रिय हुन आग्रह गर्नुभयो ।

गाँउगाँउवाट आत्मनिर्भर बन्न सके मात्र सम्वृद्धि र विकास सम्भव रहेको प्रमुख चौधरीको भनाइ छ । सरकारी प्रयासले मात्र सम्वृद्धि सम्भव नहुने भन्दै उहाँले सवै पक्ष हातेमालो गरेर अघि वढन जरुरी रहेकोमा जोड दिनुभयो । सिआईएनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *