एनआईसी एशिया बैंकले ल्यायो सुपर चमत्कारिक कर्जा

धनगढी, ४ असार

एनआईसी एशिया बैंकले बिभिन्न कर्जामा व्याज दरमा भारी छुट सहितका आकर्षक योजनाहरु ल्याएको छ ।
सुपर चमत्कारिक नाम दिइएको यो सुबिधा सवारी, व्यवसाय र घर कर्जामा लागु हुने एनआईसी बैंकका प्रादेशिक प्रमुख टेकराज भट्टले बताए ।

सुपर चमत्कारिक योजना अन्तर्गत बैंकले ८ दशमलव २५ प्रतिशत व्याजदर तथा शुन्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा उपलब्ध गराईनेछ, आज एनआईसी एशिया प्रादेशिक कार्यालयद्धारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रादेशिक प्रमुख भट्टले भने, व्याजदर एक वर्षसम्म परिवर्तन हुने छैन ।

बैंकका प्रादेशिक प्रमुख भट्टका अनुसार सुपर चमत्कारिक सुपर चमत्कारिक योजना अन्तर्गत प्रदान गरिने कर्जाको अबधि न्यूनतम पाँच वर्षदेखि अधिकतम ३० वर्षसम्म तोकिएको छ ।

सुपर चमत्कारिक योजना अन्तर्गत अधिकतम एक करोड ५० लाख रुपैयासम्म कर्जा उपलब्ध गराईने भट्टले बताए ।

उनले एनआईसी एशिया बैंकले सुपर चमत्कारिक योजना अन्तर्गत बिभिन्न कर्जामा तोकिएको व्याजदर नेपालकै अन्य बैंकभन्दा कम रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *