भदौ १ गतेदेखी खुल्ने भयो हवाइ उडान

काठमाडौं, ६ साउन

कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्ने भएको छ ।सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

यसअघि सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक तर्फका व्यावसायिक उडान बन्द गराएको थियो । यसरी व्यावसायिक उडान पुनः सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका नियमहरू भने पर्यटन मन्त्रालयले बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *