किशाेरीहरूमा महिनावारी बार्ने चलन बिस्तारै फेरिँदै

कृष्ण बिष्ट
  २१ मंसिर २०७७, आईतवार ०९:११

 बैतडी, २१ मंसिर ।  बैतडीको पाटन नगरपालिका- ३ गुजरकी सरस्वती र मञ्जु पन्त दिदीबहिनीको महिनावारी भएको बार्नुपर्ने कुराहरुमा आंशिक परिवर्तन आएको छ । उनिहरु बिद्यालय जान्छन, किताब पढ्छन र गोरस खान्छन् । उनले भनिन, “नियमित सरसफाइमा ध्यान दिन्छु, बिद्यालय जान्छु, किताब पनि छुनु हुदैन भन्ने हुन्थ्यो, आजभोली किताब पनि पढ्छु, त्यस्तो छैन । सरस्वतीले भनिन, महिनावारीको समयमा बार्नु पर्ने कुराहरुमा केही परिवर्तन आएको छ ।”

उनिहरुका अनुसार छाउपाडी प्रथालाई निर्मुलै गर्न सकिने अवस्था छैन । मञ्जुले भनिन, “४ दिन सम्म गोरस खादैनौँ, पानि छुनु हुदैन, ४ दिन पछि सबै काम गर्छाै, उनले अघि थपिन घरमा अलग्गै सुत्छौ, छाउपडी गोठ नै बनाएको अवस्था छैन ।”

बिद्यालय नियमित जाने गरेको मञ्जुले बताइन । पहिले पहिले महिनावारी भएकोबेला बिद्यालय जानु हुदैन र किताब पढ्नु हुदैन भन्ने सोच नरहेकोमा आजभोली आंसिक परिवर्तन भएको उनले बताइन । “आजभोली हामि किताव पढ्छौ पहिले त पढ्दैनथे ४ दिन सम्म आज भोली बढ्छौ, बिद्यालय जान्छौ, उनले अघि भनिन, बिद्यालयहरुमा पनि प्याड बितरणका काम हुने गर्छ, त्यसैले पनि हामिलाई सजिलो भएको छ ।”

जिल्लाका सबै जसो स्थानिय तथहहरुले किशोरीहरुका लागि काम गरी रहेका छन । नियमित बिद्यालय आउन प्रेरित गर्नको लागि किशोरीमैत्री वातावरण सिर्जना गरी रहेको सुर्नया गाउपालिकाका उपाध्यक्ष लिला बिष्टले बताउनुभयो । “गत वर्ष पनि हामिले धेरै कार्यक्रहरु सञ्चालन गर्यौ, उहाले भन्नुभयो, आधारभुत र माबी तहका बिद्यमालय बिद्यालयहरुमा प्याडको ब्यवस्था गरेका छौ ।”

पछिल्लो समयमा किशोरीहरु आपसी संगठीत भएर पनि काम गरीरहेका छन । स्थानियतह तथा गैरसरकारी सस्थाहरुको समुन्वयमा जिल्लामा ३ हजार किशोरीहरु संगठीत भएका छन । पालिकाहरुमा पछिल्लो समयमा किशोरी समुह गठन गरी बालबिवाह न्युनिकरण र कुरीतीको बिरुद्धमा कार्यक्रमहरु गरीरहेका हुन ।

जिल्लाका स्थानिय तह तथा गैह्रसरकारी सस्थाको समन्वयमा जिल्लामा किशोरी समुह गठन गरिएको र अहिले आफ्नो अधिकारको लागि लडिरहेको छोरीका लागि छोरी अभियानकि जिल्ला संयोजक भुवि बिष्टले बताउनुभयो । १० वटै स्थानिय तहहरुमा किशोरीहरु संगठीत भई काम गरीरहेको उहाले बताउनुभयो । “बैतडी एक मात्रै सुदूरपश्चिमको छाउगोठ नभएको जिल्ला हो ।, हामिले महिनावारी भएका बेला देखि बालबीवाह न्युनिकरणको लागि बिषेश पहल चाल्छौ, उहाले भन्नुभयो, बिभिन्न सचेतनामुलक कार्यक्रम र घरदैलो अभियान नै सञ्चालन गरी हामिले काम गरीरहेका छौ ।”

किशोरीहरु सांगठित भएर लागे देखि बालवालिका र किशोरीको क्षेत्रमा पनि अभियान सञ्चालन गरेका छन । बालश्रममुक्त जिल्ला बनाउनको लागि पनि बिभिन्न कार्यक्रमहरु भएको संगठनमा आबद्ध किशोरीहरुले बताएका छन । बजार क्षेत्रमा होटेल तथा अन्य उद्योगमा बालबलिकाहरुलाई काममा लाग्ने गरेको उनिहरुलाई अबिभावकको जिम्मा लगाउने गरेको किशोर किशोरी सहजकर्ता कुन्ती भट्टले बताउनुभयो । चुनौतीको रुपमा रहेको बालश्रम न्युनिकरणमा पनि प्रभावकारी भुमिका खेल्न सफल भएको उहाको भनाइ छ । “जिल्लाका स्थानिय प्रसासनको सहयोगमा हामिले होटेल तथा औद्योगिक क्षेत्रमा बालश्रम मुक्त क्षेत्र घोषण्ढाा गरेका छौ तर दिगोपना छैन । उहाले भन्नुभयो, यसलाई निरन्तरता दिन आवस्यक छ । ”

बालबलिका महिला हराउने क्रम पनि बढ्दो

जिल्लामा महिला तथा बालबलिका हराउने क्रमा पनि रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीको महिला तथा बालबलिका शाखाको तथ्याङ्क पनि उच्च छ । अहिलेसम्म जिल्लामा ७५ महिला र ३२ बालबालिका गरी १ सय ७ जना हराएकोमा ५३ महिला र १७ बालबलिका गरी ७० जना अझै बेपत्ता नै रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रसाद अधिकारीका अनुसार महिला तथा बालबालिका हराएको निवेदन दिने तर भेटिएपछि पनि प्रहरीलाई जानकारी नगराउने गरेका कारणले पनि हराउनेको संख्या बढी रहेको हो । “धेरै महिला विवाहका लागि भागेका हुन्छन, अभिभावकले हराएको भनेर निवेदन दिने र पत्ता लागेपछि जानकारी नगराउने समस्या छ,” उहाँले भन्नुभयो, “महिला सिमापारी हराएको र बेचबिखनमा परेका घटनाहरु धेरै छैनन् । बढीजसो बालबलिकाहरु घरबाट भागेर आफन्तसँग रोजगारीका लागि जाने गरेका छन् ।”

उहाँले थप्नुभयो, “अभिभावकले हराएको निवेदन दिने र उनीहरूको अभिभावकले नै पत्ता लगाएपछि पाइएको बारे जानकारी नदिने गरेकाले हराएकाहरुको सूची बढेको हो ।” हराएका १ सय ७ मध्ये २२ महिला र १५ बालबलिका गरी ३७ जना भने भेटिएको उहाँले बताउनुभयो । बढीजसो बालबलिकाहरुको भारतबाटै उद्धार गरिएको उहाँले बताउनुभयो ।

यस्तै महिला तथा बालबलिकाको क्षेत्रमा काम गर्ने संस्था संयुक्त राष्ट्र जनसंख्या कोषका जिल्ला कर्यक्रम अधिकृत गणेश शाहीले बैतडीमा महिला तथा बालबलिकाहरु समस्यामा रहेको बताउनुभयो । जिल्लाका पछिल्ला घटनाक्रमले यस्तो देखाएको उहाँको भनाइ छ । गरीबी र अशिक्षाको कारणले बालबलिकाहरु झुलाघाट नाका भएर भारत जाने गरेको छन् । “अशिक्षा र बेरोजगारीको समस्या बढ्दो छ । बालबलिका र महिलाहरु नै दिनैपिच्छे कामको सिलसिलामा भारत जाने गरेका छन्,” उहाँले भन्नुभयो ।

जिल्लाको पाटनमा रहेको महिला सुरक्षा आवास गृहमा समेत ४ दर्जनबढी महिलाहरु समस्या लिएर आउने गरेको तथ्याङ्क रहेको छ ।लकडाउनकै अवधिमा सुरक्षित आवास गृहमा सहायताको लागि ४४ जना महिलाहरु आएको आवास गृहका मनोविमर्शकर्ता सरस्वती लेखकले बताउनुभयो ।

One response to “किशाेरीहरूमा महिनावारी बार्ने चलन बिस्तारै फेरिँदै”

  1. FbsbElere says:

    black cialis overnight cialis is for daily use where to buy cialis

Leave a Reply

Your email address will not be published. Required fields are marked *