हलियाका समस्यालाई सरकारले गम्भीर रुपमा नलिएको गुनासो

कृष्ण बिष्ट
  २४ मंसिर २०७७, बुधबार २०:०१

बझाङ, २४ मंसिर । वर्षौ अघि सरकारले गरेको हलिया मुक्ति कागजमा मात्रै घोषणा हलियाहरुले आरोप लगाएका छन् । बझाङका अधिकांश हलियाहरुकोे अवस्था फेरिएको छैन ।

हलिया मुक्ति बझाङको केदारस्युका अजि लुहार परिचय पत्र शिवाय अरु केहि पनि नपाएको बताउछन् । उहाले भन्नुभयो, परिचयपत्रले खान नपुग्ने रहेछ, समस्या ज्युका त्यु छ । कोरोना कहरको यस परिस्थितीमा खाद्य संकट तथा आर्थिक समस्याले गिजोलेको उहाले बताउनुभयो ।

महामारीको समयमा भोकमरीको चिन्ता, काम नपाउने गरेका कारण हलिया परिवारले दुःख झेल्दै आएका छन् । खलो कै भरमा परिवार चलाउन सकिने अवस्था छैन, अजि लुहारले भन्नुभयो, सरकारले हामीलाई हेरेको छ भन्न सकिने अवस्था छैन ।
आरन ब्यावसायबाटै आफुले गुजारा चलाउदै आएकोमा अहिले परिवार ठुलो भएसँगै आरनबाटै घर धान्न सकिने अवस्था नरहेको उहाको भनाइ छ ।

राजनीतिक नेत्तृत्वमा रहेकाहरुले पनि बेला बेला हलिया मुक्तिका लागि कार्यक्रम ल्याउने भन्दै ठुला ठुला भाषण गर्ने गरेको भएपनि वास्तविक समस्या जस्ताको त्यस्तै रहेको अर्का देव दमाइले बताउनुभयो । ‘खलो मागेर खानु पर्ने बाध्यता कायमै छ, अर्काको सरणमा परेर काम नगरी खानै पुग्दैन, उहाले भन्नुभयो, बेरोजगारी र आर्थीक समस्याले हलिया परिवार समस्यामै छ ।’

हलिया परिवारका अनुसार रोजगारीका लागि भारत नै केन्द्र बनेको उनिहरुले बताएका छन् । हलिया परिवारको घर, जग्गा पर्याप्त रहेको छैन । गास, बास र कपासको न्युनतम आवश्यकता पुरा गर्न धौधौ पर्ने गरेको छ ।

तत्कालिन जिल्ला विकास समिति, बझाङले २०७२ मा तयार पारेको ‘दलित प्रोफाइल’ मा १६ सय ८३ जना परिवारसाग आफ्नो घरजग्गा नभएको उल्लेख छ। उनीहरू गैरदलित समुदायको लुगा सिउने, ठेकी बनाउने, छाला र आरनको काम गर्ने र त्यसबापत पाइने खलो ९अन्न० का भरमा गुजारा चलाउने गरेका छन् ।

हलियाको समस्या समाधानको लागि तिनै तहको सरकारले गम्भीर हुनु पर्ने मानवअधिकारकर्मीहरुले बताएका छन । केन्द्र सरकारले अझै कठोर रुपमा कानुन कार्यान्वयनमा लैजानु पर्ने र त्यसलाई लक्षीत वर्गसम्म पुर्याउछ छुट्टै संयन्त्र लागु गर्नुपर्ने मानवअधिकारकर्मी सरस्वती नेपालीले बताउनुभयो । बनेका कानुन कार्यान्वयन नै भएनन, केहि मात्रामा लागु भएपनि ठुलाबडाकै हातमा रहे, तल्लो स्तर लक्षीत समुदाय सम्म कार्यान्वयन गर्न तिनै सरकारले गम्भिरताका साथ हेर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *