आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउदैं

समताखबर
  २४ पुष २०७७, शुक्रबार १०:११

धनगढी, २४ पुस  : संसद बिघटनपछि पहिलो पटक उपत्यका बाहिरका जनतालाई सम्बोधन गर्न आज कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउदै छन् ।

प्रधानमन्त्री ओली आउने भएपछि सुरक्षा ब्यवस्था कडा गरिएको छ ।

नेकपाद्धारा आज धनगढीको खुलामंचमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली धनगढी आउदैछन् । संसद बिघटन र नेकपा बिभाजनपछि नेकपाद्धारा आयोजित यो पहिलो आमसभा हो ।

प्रधानमन्त्री ओली तथा आमसभाको सुरक्षाका लागि एक हजार भन्दा बढीको संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने सयको संख्यामा सादा पोशाकमा प्रहरी खटिएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *