चर्किएको डेढ वर्षसम्म थाहा भएन, अपार्टमेन्ट सुरक्षित छ कि छैन ?

समताखबर
  ३ पुष २०७३, आईतवार ०५:३४

भूकम्प गएको डेढ वर्ष बित्दासम्म पनि केही अपार्टमेन्टहरुको पुननिर्माणका बारेमा अझै टुङ्गो लाग्न सकेको छैन । यस्तो अन्योलका कारण अपार्टमेन्ट व्यवसाय चौपट बनिरहेको छ । अर्पाटमेन्ट छेउछाउका बासिन्दाहरु अपार्टमेन्टले किच्ने हो कि भन्ने त्रासमा बाँच्नुपरिरहेको छ ।

भवन विभागका अनुसार धापासीमा रहेको पार्क भ्यू होराइजन र कुलेश्वरमा रहेको ओरियन्टल अपार्टमेन्ट पुरै भत्काउनुपर्छ वा रेट्रोफिट मात्रै गरे पुग्छ भन्ने अहिलेसम्म एकीन हुन सकेको छैन ।

भूकम्पको बेला चर्किएका कैयन अपार्टमेन्टहरुको पुननिर्माणपछि मानिसहरु बस्न सुरु गरिसकेको भएपनि यि दुई अपार्टमेन्टको भने अझै अध्ययन नै सकिएको छैन ।

भवन विभागको काठमाडौं डिभिजनले यि दुई अपार्टमेन्टलाई रातो स्टिकर टाँसिदिएको थियो ।

भवन विभाग काठमाडौं डिभिजनका सीडीई सागरकृष्ण जोशीले भने ‘यी दुई सिरियस केस हुन्, त्यसैले तत्काल निर्माण सुरु नभएको हो, रेट्रोफिट गर्ने वा भत्काउने अझै टुङ्गो लागेको छैन ।’

अहिले पार्क भ्यू होराइजनले विभागमा डिजाइन पेश गरेको छ । साथै कुलेश्वरको ओरियन्टल अपार्टमेन्टले पनि क्यापासिटी डिजाइन पेश गरेको छ । अब यसपछि प्यानलिष्ट मिटिङ बसेपछिमात्रै यो भत्काउने वा निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने छ। रिभ्यू मिटिङले भने यो शुरक्षित छ वा छैन भन्ने टुङ्गो लगाउँछ ।

गलत रिपोर्ट देखाएर ढाकछोप गर्ने प्रयासका कारण ढिलार्इ

गत साउनमा गलत रिपोर्ट बुझाएको भन्दै काठमाडौं डिभिजनले पुन डिटेल ड्यामेज इभ्यालुएसन रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो। क्षती ढाकछोप गर्दै डिटेल ड्यामेज इभ्यालुएसन रिपोर्ट बुझाएपछि विभागले पुनः रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो ।

प्रविधिको अभावले गर्दा अपार्टमेन्टहरुले अहिलेसम्म भवनको क्र्याक भएका पर्खालहरु पनि भत्काउन नसकेको जोशी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *