
धनगढी २४ पुष : वन मन्त्री प्रेम आलेले प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउँदा स्वागत गर्न नआएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति आक्रोश पोखेका छन् ।
नेकपा केन्द्रीय सदस्य रहेका उनले भट्ट मुख्यमन्त्री रहने दिन अब धेरै नरहेको जिकिर समेत गरे ।
धनगढीमा आज भएको नेकपाको आमसभालाई सम्बोधन गर्दै उनले मुख्यमन्त्रीलाई अब दिन गिन्ती गर्न आग्रह गरे । उनले देशको प्रधानमन्त्री आउँदा पनि मुख्यमन्त्रीले स्वागत नगरेर गैरराजनीतिक चरित्र प्रदर्शन गरेको आरोप लगाए ।
Leave a Reply