
धनगढी २४ पुस : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले अव सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछी पार्न नसक्ने बताएका छन् । धनगढीमा आयोजित जनसभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेश अव पछाडी नपर्ने बताएका हुन् ।
उनले बिमान स्थलमा राती पनि उडान गर्न सक्ने गरि उडान भएकोमा यसको अझै उन्नती गर्ने बताए । उनले यहाँको गौरीफन्टा नाकालाई स्तर उन्नतीका लागि पहल भइरहेको बताए । त्यस्तै उनले गेटा मेडिकल कलेजलाई छिटै सञ्चालन गर्ने बताए ।
संसद् विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणापछि उनी पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी भएका हुन् ।
Leave a Reply