भीम रावलमाथि ‘साइबर सेना’ छोडिएको हो ?

समताखबर
  २५ पुष २०७७, शनिबार ०७:५१

काठमाडौं २५ पुष : भीम रावलले आफूमाथि ‘साइबर सेना’ छोडिएको प्रष्ट पारेका छन् । नेकपा (प्रचण्ड–माधब) समूहका नेता रावलले शुक्रबार आफूमाथि ‘साइबर सेना’ छोडिएको आरोप लगाएका छन् ।  

आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै नेता रावलले प्रधानमन्त्री केपी ओलीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा उनको साइबर सेनाले लगाएको स्पष्ट पारे ।

शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी विभाजन गरेको आरोप समेत लगाए । रावलले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको आरोप समेत लगाए ।

रअका प्रमुखसँग मध्यरातमा भेटेर प्रधानमन्त्री ओलीले घोषणा पत्र र पार्टीबाट भागेको टिप्पणी रावलले गरे । उनले पुष्पकमल दाहाललाई हेग पठाउछु भन्ने प्रधानमन्त्री ओलीलाईनै हेग पठाउनु पर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *