बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रदर्शन

समताखबर
  २६ पुष २०७७, आईतवार १९:४८

विराटनगर  : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले विराटनगरमा बलयगाडासहित प्रदर्शन गरेका छन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम सच्याउन माग गर्दै उनीहरुले बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रदर्शन गरेका हुन् ।

विराटनगरको रोडशेष चोकबाट सुरु भएको प्रदर्शन विराटनगर ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा प्रचण्ड(माधव समूहका विद्यार्थीहरुले संविधान वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *