सपथग्रहणपछि बाइडेनको प्रतिबद्धता : ‘सबै अमेरिकनको राष्ट्रपति हुनेछु’

समताखबर
  ८ माघ २०७७, बिहीबार २०:२७

न्यूयोर्क : सपथग्रहणपछि विशेष सम्बोधन गर्दै अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले आफू सबै अमेरिकनहरुको राष्ट्रपति हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बाइडेनले आज राष्ट्रपतिका रुपमा सपथग्रहण गरेपछि विशेष सम्बोधन गरेका हुन् ।

बाइडेनले अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । बाइडेनले सम्बोधनमा भने – ‘यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो।’

उनले भने – ‘अमेरिकाको धेरै चोटि धेरै परीक्षा भयो र यो चुनौतिहरूको साथ उभिएको छ। आजले हामी एक जना उम्मेदवारको जीत होइन प्रजातन्त्रको जीतमनाइरहेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *