जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

समताखबर
  ११ माघ २०७७, आईतवार २१:१८

पर्सा : साथीकी छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा भारत विहार पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पञ्चायत टिकुलीया–१३ बस्ने ३४ वर्षीय नेहाल मियाँ शनिबार बिहान पक्राउ परेका हुन् ।

शुक्रबार राति नेहाल वीरगन्ज महानगरपालिका–१ स्थित आफ्नै साथीको डेरामा गएका थिए । मियाँ सोही दिन साथीकी ११ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *