तनावमा हुनुहुन्छ ? अपनाउनुस् यी आयुर्वेदिक उपचार

समताखबर
  १२ माघ २०७७, सोमबार ०९:०८

काठमाडौं : तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै संकटमा हुन्छौं तब हाम्रो मानसीक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस र खानामा अरुची हुने र एक्लै बस्न मन लाग्छ । त्यति मात्रै होइन बेला बेला हुने विभिन्न गतिविधि जो तपाईंको जीवनसँग सम्बन्धीत हुन्छ त्यसले पनि तपाईंमा तनाव उत्पन्न गराउन सक्छ ।

तनावसंग जोडिएको चुनौतिको सामना पनि एक हदमा पुगेपछि त्यही तनाबले शरीरिक स्वास्थ्यमा गम्भीर प्रकारका समस्या निम्त्याउँछ ।  वर्तमान अवस्था कोरोना महामारीको हो । कोरोनाको सुरुवातदेखि नै मानिसमा तनाव उत्पन्न हुने र कतिजना त डिप्रेशनमा गएका पनि छन् । कोरोना महामारीका कारण कतिपयले जागिर गुमाए, अध्ययन प्रभावित भयो, घरमै बस्दा वा साथीभाईसँग भेट्न नपाउँदा पनि मानिसहरुमा तनाव उत्पन्न भएको छ । जुन चिन्ताको विषय रहेको विज्ञहरु बताउँछन् ।

तनाव कम गर्न मानिसहरुले विभिन्न उपायहरु अपनाउन सक्छन् र अपनाउँछन् पनि । तीनै मध्येको एक आयुर्वेद उपचार पद्धतिमा पनि विधिहरु छन् । मानसिक, भावनात्मक र शारीरिक लगायत अलग अलग किसिमका तनावलाई अलग अलग प्रकारले उपचार गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ । आयुर्वेदका अनुसार मानसिक तनाव मस्तिष्कको चाहिने भन्दा बढि प्रयोग र दुरुपयोग गर्या भने हुन्छ । यदि तपाईं धेरै समय आवश्यक भन्दा बढि कम्प्युटरमा बस्नु भयो भने मानसिक कार्य क्षमता, शक्ति र मस्तिष्कसँग जोडिएको प्राणवायु तत्वमा असन्तुलन पैदा हुन्छ । 

के के हुन् तनावका लक्षणहरु ?

मानसिक लक्षण :

स्मरणशक्तिमा समस्या

एकाग्रतामा कमी

कुनै कुरा ठम्याउन समस्या

नकरात्मक सोचमा वृद्धि

निरन्तर चिन्ता

भावनात्मक लक्षण :

व्यवहारमा परिवर्तन

छटपटी  र अनियन्त्रित रिस

बेचैनी र विश्राम गर्न नसक्ने

सँधै हारेको अनुभव

एक्लोपनको महशुस

डिप्रेसन वा वितृष्णा बढ्नु

शारीरिक लक्षण :

पिडा वा दुखाईको अनुभव

कब्जियतको समस्या

चक्कर वा कमजोर महशुस

यौन रुची घट्नु

निरन्तर चिसो लाग्नु

खानामा अरुची तथा खाएको कुरा अपच हुनु

मुटुको चाल बढिरहनु

स्वभावसँग जोडिएको लक्षण :

आवश्यकभन्दा कम की बढि खाने र सुत्ने ।

अरुसँग धेरै नबोल्ने र बोलेमा अनावश्यक झर्किने । 

आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने ।

आरामको लागी मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा लिने ।

कसरी छुट्कारा पाउने ?

नकरात्मक सोचलाई त्याग्नुहोस्

मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा नलिनुहोस्

ठुला ठुला निर्णय नगर्नुस र अरुसँग सल्लाह माग्नुहोस्

दैनिक कम्तिमा ८ घण्टा सुत्नुहोस्

रातको १० बजे अगाडी निदाउने प्रयास गर्नुस् ।

के के आयुर्वेदिक औषधि सेवन गर्ने त ?

दैनिक गाईको तातो दुधमा कम्तिमा ५ दाना बदाम मिलाएर पिउनुुस् वा मह र १ ग्राम कालो मरिच घोलेर दैनिक २ पटक पिउनुस् ।

निधारमा नीमको पात वा अदुवासंग दुध मिसाएर बनाइएको लेप लगाएर कम्तिमा १ घण्टा दैनिक उत्तानो परेर निदाउनुस् ।

क्षीरबाला तेल, धन्वन्तरी तेल वा नरिवलको तेलले पुरै शरीर मालिस गर्नुस् ।

दैनिक खानासँग लस्सीमा ग्लुकोज मिसाएर पिउनुस् ।

तनाव बढेको महशुस गर्नुभयो भने अँध्यारो कोठामा गएर करिब आधा घण्टा विश्राम गर्नुस ।

तपाईं तनाव कम गर्न आजै देखि आफ्नो खानपान र दैनिक अभ्यास माथि भने अनुसार गर्नुस् ।

यदि संधै तनावलाई बोकेर हिँड्नुभयो भने मुटु रोग, पेप्टिक अल्सर, क्यान्सर  लगायत गम्भीर प्रकारको मानसिक रोगले तपाईंलाई सताउने निश्चित छ ।
हाम्रो डक्टरन्यूजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *