
काठमाडौं : योग गर्दा आफ्नो शारीरिक अवस्थामा ध्यान दिनु जरुरी छ। जोकसैले योग गर्दा सुरुमा आयुर्वेद चिकित्सक वा प्रशिक्षकसँग सल्लाह लिनु आवश्यक हुन्छ।
शारीरिक रूपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नीको दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ। यस्ता मानिसले धेरै परिश्रम पर्ने तथा शरीर तात्नेखालका योगाभ्यास गर्नुहँदैन। यसले मुटुमा प्रेसर पर्न जान्छ।
तनाव लिएर योग गर्नुहुँदैन, किनभने तनावपूर्ण अवस्थामा योगाभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुख्नेजस्ता समस्या देखापर्न सक्छन्।
नियमित योगका फाइदा
– नियमपूर्वक गरिने योगले– विभिन्न प्रकारका स्वास्थ्य समस्याको दीर्घकालीन निराकरण र शरीरमा सन्तुलन हुने गर्छ।
– शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ। शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
– योगासन र ध्यानले जोर्नीको समस्या कम गर्छ, तनाव हटाउँछ, राम्रो निद्रा लाग्छ र पाचन प्रक्रिया ठिक हुन्छ।
– स–साना बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुन्छ भने शारीरिक रूपमा पनि स्वस्थ रहन्छन्।
– नियमित योगाभ्यासबाट कार्यक्षमतामा वृद्धि तथा शान्ति प्राप्त हुन्छ। प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण हुन्छ।
– ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ, सकारात्मक सोचको विकास हुन्छ र अनावश्यक विचारबाट मुक्ति दिलाउँछ।
– शरीर, मन र आत्माबीचको समन्वय, ऊर्जा प्राप्ति, आत्मज्ञानलगायत सकारात्मक गुणको विकास हुन्छ
Leave a Reply