तामाको भाँडा बनाउने पेशा संकटमा

समताखबर
  १३ माघ २०७७, मंगलवार २१:२२

प्यूठान : पछिल्लो समयमा प्यूठान जिल्लामा तामाका भाँडा बनाउने कालिगढ अभाव हुन थालेको छ । तामाका भाँडा बनाउने कालिगढको अभाव भएसँगै तामाको भाँडा बनाउने व्यवसायसमेत संकटमा पर्न थालेको छ । पछिल्ला पीडीहरु यो व्यवसायमा लाग्न नचाहाने र अधिकांश युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै यो व्यवसाय संकटमा पर्न थालेको हो ।

घरेलु उद्योगका रुपमा सञ्चालन हुँदै आएको यो व्यवसायलाई हेलाको दृष्टिले हेर्ने गरिएको कारण पछिल्लो पीडी तामाको भाँडा बनाउने व्यवसायमा आउन नचाहाने गुमानसिंह सुनार बताउँछन् । उनका अनुसार अहिले जिल्लाको दाखाक्वाडी, बिजुवार जुम्री र बाग्दुलामा मात्रै तामाका भाँडा बनाउने गरेका छन् । उनी विगत २५ वर्षदेखि जुम्रीमा तामाका भाँडा आएका छन् ।

यो व्यवसायमा कालिगढसँगै लगानीकोसमेत समस्या भएको सुनारले सुनार बताउँछन् । विगतमा छरसात जनालाई रोजगार दिएपनि हाल उनीहरु विदेश पलायन भएकाले अहिले श्रीमती प्रेमकला र छोरा एकराजले उनलाई सघाउँदै आएका छन् । यो व्यवसायबाट मासिक २० हजारसम्म आम्दानी गर्ने गरेका सुनारले वार्षिक पाँच लाखसम्मको कारोवार हुने गरेको बताउँछन् ।

जिल्लाको दाखाक्वाडीमा यही पेशा गर्दै आएका लिलाबहादुर टमटालाई पनि सुनारको जस्तै समस्या र चिन्ता छ । उनी पनि कालिगढको अभावका कारण बजारको माग धान्न नसकिएको बताउँछन् । विसं २०६८ सालदेखि तामाका भाँडा बनाउने व्यवसाय थालेका टमटाले वार्षिक करीब रु १४ लाखसम्मको कारोवार गर्दै आएका छन् । तर अहिले उनको उद्योगमा चार जनामात्रै कामदार छन् । उनका अनुसार यती कामदारले बजारको माग धान्न धौधौ भएका छ ।

कालिगढकै अभावमा यो पेशा सङ्कटमा पर्दै गएको उनको भनाई छ । गाउँघरमा उनले गाग्री, ताउला, अमखोरा, माना, पाथी, परादलगायत तामाका भाँडा बनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *