पर्यटकिय गन्तब्य बन्दै भजनीको लौकाहाभौकाहा ताल (फोटोफिचर)

मिलन परियार
  १३ माघ २०७७, मंगलवार २१:३५

धनगढी : कैलालीको भजनी नगरपालिका-४ मा रहेको लौकाहा भौकाहा ताल अब पर्यटकिय गन्तब्य बन्ने भएको छ ।

८५ बिघा क्षेत्रफलमा फैलिएको उक्त ताललाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालु आ.ब.मा करिब एक करोड रकम बिनियोजन गरेको छ ।

बिदेशी पर्यटक आगमनका लागि राम्रो सम्भावना भएर पनि सरकारको बेवास्ताका कारण यस तालको प्रचार नहुँदा ओझेलमा पर्दै गएको थियो । यस ताललाई सुदूरपश्चिमकै फेवा तालको नामले समेत चिनिदै आएको छ ।

नेपालका अन्य पर्यटकिय गन्तब्यझै यसलाई पनि स्थापित गर्न सके बर्षेनी बिदेशी तथा घरेलु पर्यटकको आकर्षण बढ्ने स्थानियहरु बताउँछन् ।

सरकारी क्षेत्रबाट आबश्यक संरक्षण र प्रचार,प्रसार नहुँदा ताल ओझेलमा परेको स्थानियहरुको भनाई छ । उक्त ताल संरक्षण गरिएपछि बर्षेनी पर्यटकहरुको संख्या बृद्धि हुनुका साथै स्वरोजगार समेत सृजना हुने बिश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *