४० माउ भेँडा पाल्ने किसानलाई ८० प्रतिशत अनुदान

समताखबर
  १४ माघ २०७७, बुधबार १०:०१

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ऊन विकासका लागि भेँडा प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने क्रममा पशुपालकलाई ८० प्रतिशत अनुदान दिने भएको छ ।

सिदिङ्वाले ३० लाख र पशुपालकको ७ लाख ५० हजार लगानीमा ३७ लाख ५० हजार रुपैयाँको ऊन विकासका लागि भेँडा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार यस्तो अनुदान पाउन प्रतिकृषक परिवार कम्तीमा ४० भाउ भेँडा भने अनिवार्य हुनुपर्नेछ । गाउँपालिकाको चालू आर्थिक वर्षको ससर्त अनुदानबापतको रकम भेडा प्रवद्र्धन कार्यक्रम सञ्चालनका वागि खर्चिने गाउँपालिकाको पशु सेवा शाखा प्रमुख एञ्जलबाबु कार्कीले जानकारी दिए ।

आवेदन दिनेले २३ माघभित्र गाउँपालिकाको पशु सेवा शाखामा अनुसूची, ३ बमोजिमको दरखास्त पेस गर्नुपर्नेछ । सहकारी संस्था, कृषक समूह/समितिको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि र सहकारीको हकमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको हुनुपर्ने सर्त गाउँपालिकाको छ ।

यस्तै, आवेदनका साथ कृषि समूह, समिति, सहकारी संस्थाको कार्यसमितिको निर्णयको प्रतिलिपि, नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, संक्षिप्त व्यावसायिक कार्ययोजना, स्थायी लेखा नम्बरको प्रतिलिपि, जग्गा धनीपुर्जाको प्रतिलिपि वा सम्झौतापत्रलगायत हुनुपर्ने छ । पालिकाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *