ज्योति मगरको प्रश्न ‘म सेक्सी हुँदा तपाईंलाई के समस्या ?’

समताखबर
  १४ माघ २०७७, बुधबार १०:३८

काठमाडौं : गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । गायिका ज्योति मगरले सामाजिक संजाल फेसबुकमा आइतवार अलिक बोल्ड नै तस्विर शेयर गरिन् । कुनै ग्रामिण सडकमा खिचिएको उक्त तस्विरमा उनले आफ्नै टीसर्ट माथि तानेकी छिन् । तस्विरमा उनको वक्षस्थल स्पष्टसँग देखिन्छ ।

बोल्ड तस्विरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्विरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।

क्याप्सनमा उनले लेखेकी छन्–

‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब !’

फेसबुकमा १ लाख ४१ हजार भन्दा बढी फ्यान (५ हजार साथि र १ लाख ३६ हजार फ्लोअर्स) कमाएकी ज्योतिको उक्त तस्विर शेयर गरेको २ घन्टामा २ हजार ३ सय भन्दा बढि फ्यानले लाईक गरेका छन् भने ६४३ जनाले प्रतिक्रिया दिएका छन् भने ४८ जनाले शेयर गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *