तल्लो जात भन्दै कुटिएका दलित यूवा झुण्डिएको अबस्थामा फेला

समताखबर
  १५ माघ २०७७, बिहीबार २२:३८

इटहरी । सुनसरीको रामधुनी नगरपालिका-४ रामपुरामा १७ बर्षिय अर्जुन बिश्वकर्मा धमलाको लास झुण्डिएको अबस्थामा भेटिएको छ । माथिल्लो जातकी केटी फकाउने त कामी भन्दै कथित गैरदलितहरुले धम्क्याउदै निर्घात कुटपिट गरेकै दिन उनको लास झुण्डिएको अबस्थामा भेटिएको हो ।

छिमेकी दुर्गाबहादुर भुजेल र अम्बिका भुजेलकी छोरी दिपिका भुजेलसंग अन्तरजातीय प्रेमसम्बन्ध रहेकाका कारण दुबै जना भागी विवाह गरेर दुई दिन अन्तै भागेका थिए । अर्जुनलाई भुजेल परिवारले प्रहरीद्धारा पक्राउ गरि माघ १० गते थुनामा राखेको थियो ।

केटा र केटी पक्षका दुबै अभिभावकको रोहबरमा आआफना घर जाने भनी कागज गरि छुटेकै दिन साँझ अर्जुन आफनो घरबाट दिपिकालाई एकझल्को हेर्छु भन्दै निश्किएका थिए ।

बाबु पूर्ण बिक धमला बिदेश रहेकाले आमा कुमारी बिक धमलासंग बसेका अर्जुनलाई आमाले हुदैन बाबु नजा भन्दाभन्दै छिमेकमै एक दुई घर पर्तिर रहेको दिपिकाको घरतिर गएपछि भुजेल परिवार र उनका छिमेकी कथित माथिल्लो जातका भनिनेहरुले निर्मम ढंगले अर्जुनलाई पिट्रदै तथानाम गालि बेइजती गरेका थिए ।

तँ कामीलाई अब सिध्याउछौं भन्दै पिट्नेहरुबाट फुत्किएर घर आएको केहीबेरमै उनको लास कोठा भित्र झुण्डिएको अबस्थामा पाइएको हो ।

लछारपछार पार्दै पिट्नेहरुले प्रहरी बोलाएर जेल हाल्ने, बलत्कारको केश लागाईदिने भन्दै चर्को स्वरमा गाली गर्दा अर्जुनकी आमाले सुनेपनि डरले केही गर्न सकेकी थिइनन ।

छोरो चिच्यांदै घर आयो म ढुक्क भाथे । तर भित्र पसेर यस्तो गरेछ । उनकी आमाले बताए अनुसार पोष्टमार्टम रिपोर्टमा आफै झुण्डिएर प्राण गएको भन्ने छ । दलित अधिकारकर्मी डिबी साशंकरले यो घटना सुनियोजित हुन सक्ने भन्दै सत्य तथ्य छानविन गरी दोषाीलाई कार्बाही हुनु पर्ने भन्दै जातीय भेदभाव र कर्तव्य ज्यान मुद्धामा   स्थलतर्फ लागेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *