पञ्चेबाजा संरक्षण गर्न जुटे धनगढीका युवा

समताखबर
  १८ माघ २०७७, आईतवार २०:५२

धनगढी । सुदूरपश्चिमको मौलिक पञ्चेबाजाको संरक्षण गर्न युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा धनगढीमा बिहिबार बसेको भेलाले प्रेम बहादुर आउजीको संयोजकत्वमा १५ सदस्यीय पञ्चेबाजा संरक्षण समिति गठन गरिएको छ ।

सदस्यहरुमा विजय सिंह आउजी,जोगी नेपाली,भरत आउजी,लक्ष्मण नेपाली,लाल बहादुर नेपाली,मोहन नेपाली,मेघराज आउजी,नर बहादुर आउजी,देब बहादुर नेपाली,भिम नेपाली,सुरेश आउजी,अमि आउजी र रमेश आउजी रहेका छन् ।

धनगढी उपमहानगरपालिका –१ मनकामना टोलबासीको रोहबरमा समिति गठन गरिएको हो ।

भेलाले ४ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकारहरुमा खड्क सिंह नागरी, सुनिल सिंह सेवा, दिनेस नेपाली र अरुण नागरी रहेका छन ।

शुभकार्यहरुमा साईत बाजाको रुपमा प्रयोग हुँदै आएको पञ्चेबाजा लोप हुने अबस्थामा रहेका कारण संरक्षणका लागी युवाहरु अग्रसर भएको सुनिलसिंह सेवाले बताए । सुदूरपश्चिमभरी पञ्चेबाजा संरक्षण गर्ने उद्देश्यले समिति गठन गरिएको सेवाको भनाई छ । 

राष्ट्रिय बाजाका रुपमा रहेको पञ्चेबाजा धेरै प्रयोजनमा प्रयोग गरिने भएपनि सरकारी वेवास्ताका कारण लोप हुन थालेपछि संरक्षण अभियान थालिएको खडकसिंह नागरीले बताए । पञ्जेबाजा बजाउँदा प्रयोग गरिने ड्रेस, टोपी, जुत्ता, झोला व्यवस्थापनका लागि सम्बन्धित निकायसंग पहल गरिने समेत नागरीले बताए । समिति सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बिस्तार गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *