पञ्चेबाजा संरक्षण अभियानले गति लिदै

समताखबर
  १९ माघ २०७७, सोमबार ११:४५

धनगढी । सुदूरपश्चिमको मौलिक पञ्चेबाजा संरक्षण अभियानले तिब्रता पाएको छ । विवाह, ब्रतबन्ध लगायतका शुभकार्य र सरकारी तथा राजनितिक पार्टीका विभिन्न सभा,समारोहमा प्रयोग हुदै आएको पञ्चेबाजा उपेक्षामा परेको भन्दै संरक्षण गर्न युवाहरु कम्मर कसेर लागि परेका छन् ।

अभियान अन्तर्गत माघ १८ गते गोदावरी नगरपालिका-७ लालपुरमा शेर बहादुर आउजीको संयोजकत्वमा १५ सदस्यीय पन्चेबाजा संरक्षण समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा बहादुर आउजी,धनि बहादुर आउजी,खडक बहादुर आउजी,दान बहादुर आउजी,बिर बहादुर नेपाल,प्रेम नेपाली,प्रज बहादुर आउजी,तेज बहादुर आउजी,भगी आउजी,उदय नेपाली,दिल बहादुर नेपाली,पदम बहादुर नेपाली,रतन आउजी र तेज आउजी रहेका छन् ।

सामाजिक अभियन्ताद्धय खडक सिंह नागरी र सुनिलसिंह सेवाको पहलमा लालपुरमा समिति गठन गरिएको हो । लोप हुन लागेको पञ्चेबजालाई संरक्षण गर्न अभियानकै रुपमा अघि बढाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *