ओकल्यान्ड क्यालिफोर्नियामा एक दिने कोरोना परिक्षण शिविर हुँदै

मिलन परियार
  २० माघ २०७७, मंगलवार २०:५१

काठमाडौं । आगामी फेव्रुअरी ५ मा 544 इन्टरनेसनल विलभाड ओकल्यान्ड क्यालिफोर्नियामा एक दिने कोरोना परिक्षण शिविर संचालन हुने भएको छ ।

सेन्टर फर ईम्पाओरिंग रेफ्युजी एन्ड इमिग्रान्टस (सेरी) र नेपाली जनसम्पर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरको संयुक्त आयोजनामा एक दिने कोरोना परिक्षण शिविर संचालन हुन लागेको हो ।

शिविरमा स्वाब संकलन र रोगप्रतिरोध क्षमता परिक्षण गरिने शिविर आयोजना संयोजक एवं नेपाली जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टर सभापती प्रेम परियारले जानकारी गराए । संयोजक परियारका अनुसार शिविरमा नेपाली, भुटानी, तिब्बती,कम्वोडियन, भियतनामी लगाएत अन्य समुदायको सहभागीता रहने छ ।

कोरोना संक्रमणदर बृद्धि भएसंगै कोरोना परिक्षणको माग भएपछि समुदायस्तरमा दोस्रो पटक शिविर आयोजना गरिन लागेको हो ।

५ फेव्रुअरी २०२१ शुक्रवारको दिन विहान १० वजे देखि ५ वजे सम्म शिविर संचालन हुने वताईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *