बराइलीसहित चार जना पत्रकार पुरस्कृत

समताखबर
  २० माघ २०७७, मंगलवार २१:४८

धनकुटा । राष्ट्रिय दलित पत्रकार संंघका केन्द्रिय सदस्य एवं  रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र धनकुटामा कार्यरत सरिता बराइलीसहित धनकुटाका चार जना पत्रकार सम्मानित भएका छन् ।

पत्रकार महासंघ धनकुटाको १० औँ साधारण सभामा धनकुटामा रहेर सक्रिय रुपमा पत्रकारिता गर्दै आएका चार जनालाई विभिन्न व्यक्तिहरुको नाममा स्थापना गरिएको पुरस्कारबाट सम्मानित गरिएको हो ।

साधारण सभामा रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटामा कार्यरत बराइलीसहित देवकला कार्की, कान्तिपुर टेलिभिजनका बिनोद घिमिरे र ब्लाष्ट टाइम्स दैनिकका सन्तविर लामालाई जनही ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको हो ।

उक्त साधारण सभामा पाख्रीवास नगरपालिकाका प्रमुख वृषबहादुर राई, नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि उद्वव तिम्सिना, केन्द्रिय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटाका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले दोसल्ला ओढाउँदै सम्मान पत्र वितरण गरेका हुन् ।

सो अवसरमा महासंघले नेपाल पत्रकार महासंघ धनकुटाको भवन निर्माणमा विभिन्न समयमा योगदान दिने सहयोगीहरु महासंघका पूर्व अध्यक्षहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरेको छ ।

२०६३ देखि २०६५ सालमा पत्रकार महासंघ धनकुटाको भवन निर्माणको बेला सहयोग गर्ने तत्कालीन धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङ, तत्कालीन जिल्ला विकास समितिका योजना अधिकृत तीर्थ धिताल, तत्कालिन धनकुटा नगरपालिकाका प्राविधिक मिङमा दोर्जी शेर्पा, पत्रकार महासंघ धनकुटाका तत्कालीन सचिव लिलाबल्लभ घिमिरे, धनकुटा बहुमुखी क्याम्पसका किरण घिमिरे, गोविन्द खत्री र पत्रकार महासंघ सहसचिव हरिबहादुर लम्जेललाई सम्मान गरिएको हो ।

त्यसैगरी पूर्वअध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, गोपाल अधिकारी, खगेन्द्र घिमिरे र मोहन वान्तवालाई पनि महासंघको विकासका लागि सहयोग गरेको भन्दै महासंघले सम्मान गरेको छ ।

उनीहरुलाई दशौं साधारणसभाका अवसरमा उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।

साधारण सभा महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *