सुरक्षित गर्भपतन गराउने बढे

समताखबर
  २२ माघ २०७७, बिहीबार ०९:०६

अछाम । अछामको साँफेबगर नगरपालिकाकी बबिता नेपाली (नाम परिवर्तन) का दुई सन्तान छन् । उनलाई सन्तानको रहर पुगिसकेको छ । श्रीमानले अस्थायी साधन प्रयोग गर्न नमानेपछि उनले डिपो लगाउन थालिन् । तर, स्वास्थ्यमा समस्या देखिन थालेपछि डिपो लगाउन छोडिन् ।
डिपो लगाउन छोडेपछि उनको दुई पटक अनिश्चित गर्भ बस्यो । पहिलो पटक अस्पतालमा गएर उनले सुरक्षित गर्भपतन सेवा लिइन् । भदौमा फेरि गर्भ बस्यो ।

उनलाई दोस्रो पटक अस्पताल जान लाज लाग्यो । उनले यसपटक आफैं औषधि किनेर खाइन् । त्यसपछि पेट दुख्ने, धेरै रगत बग्ने जस्ता समस्या देखिए । ‘औषधि खाएपछि यस्तै हुन्छ होला भनेर केही दिन त सहेरै बसे“ । तर, निकै गाह्रो हुन थाल्यो,’ उनले भनिन्, ‘बेहास भएछु, होस खुल्दा बयलपाटा अस्पतालमा रहेछु । यहाँ राम्रो नभएपछि धनगढी अस्पतालमा अपे्रसन गरेर पाठेघरको रगतको टुक्रा सफा गरें ।’

बाब्लाकी झुमा भुल (नाम परिवर्तन) का श्रीमान् भारतमा काम गर्छन् । उनका दुई छोरी र एक छोरा छन् । श्रीमान् घर फर्किएपछि कात्तिकमा उनको अनिश्चित गर्भ बस्यो । अस्पताल टाढा भएकाले उनले औषधि किनेर खाइन् । ‘अस्पताल नजिक छैन । औषधि किनेर खाए’ उनले भनिन्, ‘धेरै रगत बग्यो अनि पेट निकै दुख्न थाल्यो । सहनै नसकेपछि श्रीमानले अस्पताल पुर्‍याए ।’

महिलाले सुरक्षित गर्भपतन बारे कानुनी ज्ञानको अभाव तथा सुरक्षित गर्भपतन सेवा प्रदायक सस्थास“गको सहज पहु“चको अभावमा असुरक्षित गर्भपतन गराइरहेको देखिन्छ । जुन अछामको बयलपाटा अस्पतालमा मात्र १० महिनाको अवधिमा आएका ८५ महिलाको तथ्यांकले पुष्टि गर्छ ।
चैतदेखि पुससम्म अस्पतालमा पुगेर दुई सय पा“च जनाले सुरक्षित गर्भपतन सेवा लिए ।

समध्ये ८५ जनाले घरमै असुरक्षित गर्भपतनको प्रयास गर्दा सफल नभएपछि अस्पताल पुगेको संख्या हो । कोरोनाका कारण लकडाउन भएपछि गत चैतमा मात्र १३ जना अस्पताल पुगेका थिए । जसमध्ये ११ जना घरमै गर्भपतनको प्रयासमा असफल भएपछि अस्पताल पुगेका बयलपाटा अस्पतालकी स्टाफ नर्स पवित्रा बुढाले बताइन् ।

बयलपाटा अस्पतालका अनुसार वैशाखमा अस्पतालमा आएका १८ मध्ये ११, जेठमा २५ मध्ये ७, असारमा १५ मध्ये ८ जनाले घरमै असुरक्षित गर्भपतन गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेको संख्या हो ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा मात्र एक सय ६६ मध्ये ४८ जना घरमा असुरक्षित गर्भपतनपछि अस्पताल पुगेको अस्पतालले जनाएको छ । स्टाफ नर्स पवित्राले ३ जना निकै जटिल अवस्थामा अस्पताल पुगेको बताइन् ।

बयलपाटा अस्पतालका पूर्वस्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनले पनि गाउ“मै मेडिकलबाट औषधि सेवन गरेर राम्रोस“ग गर्भपतन नुहँदा अन्तिम अवस्थामा मात्र महिला अस्पताल आउने गरेको बताए । ‘मेडिकलले गर्भपतन गराउने औषधि बिक्री गर्न पाईदैन । त्यसमाथि औषधिले काम गर्ने भनेको ९ हप्ता सम्मको गर्भमा मात्र हो ।

उनीहरू अनुमानको भरमा औषधि दिन्छन्, गौचनले भने, ‘मेडिकलले सेवाभन्दा पैसा कमाउने सोचले औषधि बिक्री गरेको पाइन्छ ।’ अस्पतालमा आएका महिलाहरू प्रायः दुर्गम गाउका छन् । जहाँ सरकारले सुरक्षित गर्भपतन सेवाको पहुच सहज रूपमा पुर्‍याउन नसकेको चिकित्सकहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *