
धनगढी । कैलालीमा एक जना वृद्ध मृत फेला परेका छन्। गौरीगंगा नगरपालिका–२ बनबेहडामा ७० वर्षिय रंगे आउजी बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ।
आउजी छिमेकी लालगिरी साउँदको घरको कच्ची गोठको आँगनमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
उनको शव परीक्षणपछि आफन्तले बुझिसकेको विष्टले बताए।
बृद्धको मृत्यु नभई हत्या भएको आशंकामा मृतककी बहिनि सत्यदेबी परियारले विहिबारनै जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गरेकी छन् । घटनाको प्रहरीले अनुसन्धान गरि रहेको कैलाली प्रहरीले जनाएको छ
Leave a Reply